काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १३९,१२९ पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हज...
स्वास्थ्य
-
-
सर्पले टोकेपछि अस्पतालमा भर्ना भएका एक व्यक्तिमा कोरोना संक्रमण, उपचारका क्रममा मृत्यु
चितवन । सर्पले डसेर उपचार गराउन चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको छ । उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपरासी पूर्व (नवलपुर) गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष अस...
-
दाङमा होम-आइसोलेसनमा बसेका ४० वर्षीय पुरूषको मृत्यु
दाङ । दाङमा एक जना होम-आइसोलेसनमा बसेका ४० वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. ५ निवासी ती व्यक्तिको मंगलबार बिहान मृत्यु भएको लमही नगरका स्वास्थ्य संयोजक लोकराज पौडेलले सेतोपाटीलाई बताए। असोज २६ गते स्वाब संकलन गरेपछि उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कलेजोका बिराम...
-
तिलोत्तमा नगरपालिकाले पीसीआर परीक्षण निःशुल्क गर्ने
बुटवल । केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) निस्शुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नगरपालिकाले आफैले जिम्मा लिने निर्णय गरेको छ ।कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संक...
-
कैलाली घटनाः अर्का प्रहरी जवान पनि मृत फेला
धनगढी । धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा अर्का प्रहरी जवान रामबहादुर साँउदको शव मंगलवार बिहान फेला परेको छ। तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक...
-
प्युठानमा बस दुर्घटना:चालकको मृत्यु, तीन जना घाइते
झिमरुक । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ। जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो। तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बस चालक दाङ बन्...
-
उपचारका क्रममा सङ्क्रमित एक वृद्धको मृत्यु
चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान मृत्यु भएको अस्प...
-
लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने
बुटवल । लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीको उपचार नि:शुल्क नै गर्ने बताएको छ। मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितहरुको उपचार निस्शुल्क गर्ने जानकारी दिए। ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका ...
-
क–कसले पाउँछ निःशुल्क कोरोना उपचार ?
काठमाडौँ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले निःशुल्क उपचार पाउने संक्रमितहरूको वर्गीकरण सूची सार्वजनिक गरेको हो। केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार अत्ति विपन्न,असहाय, अपांगता भएका व्य...
-
बुटवलमा थप एक संक्रमित महिलाको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।आज बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । बुटवल उपमहानगरपालिका वडा नंं.११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण...




















