धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् । शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालि...
घटना
-
-
लाखौ मूल्य बराबरको सुनसहित १ जना पक्राउ
जनकपुर । जनकपुरधाम ७ भमरपुरा चौकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छन् । सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो । सशस्त्र सीमा सुरक्षा ब...
-
ग्वार्कोको सडकमा बेहोस फेला परेका पुरूषको मृत्यु
ललितपुर । ग्वार्कोमा बेहोस फेला परेका व्यक्तिको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे ललितपुरको ग्वार्कोबाट पाटन दरबार स्क्वायर जाने सडकछेउ आन्दाजी ३५-४० वर्षीय पुरूष अर्धचेत अवस्थामा फेला परेको थियो। स्थानीयले १०० मा फोन गरी पुरूष अर्धचेत अवस्थामा लडिरहेको भन्ने खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। उनलाई प्...
-
हेल्मेटभित्र १० लाख रुपैयाँसहित एक युवक पक्राउ
रौतहट । रौतहटको सीमावर्ती ईशनाथ नगरक्षेत्रमा हेल्मेट एक युवक १० लाख रुपैयाँसहित पक्राउ परेका छन । चाडपर्वको समय भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ का वीरेन्द्र पटेलका...
-
आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ
काठमाडौं । हाल यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साहलाई पक्राउ गरेको हो । उनले फोनमार...
-
मिर्चैयामा एक सय किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं । एक सय किलो गाँजा बोकेको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन्।सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वाबाट प्रहरीले ना२त १४ नम्बरको ट्याक्टरका चालक १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय सहचालक जितेन्द्र महतोलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार मनहर्वाको भित्री सडकमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरमा गाँजा लग...
-
इ-रिक्सा चलाउन खोज्दा ५ वर्षे बालक गण्डक नहरमा बेपत्ता
काठमाडौं । इ-रिक्सा चलाउन खोज्दा गण्डक नहरमा हराएका पाँच वर्षीय बालकको अवस्था अज्ञात छ। यो पूर्वीनवलपरासी विनयी त्रिवेणी गाउँपालिका-७ को घटना हो। प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे ना१ह ४५७८ नम्बरको इ-रिक्सा स्टार्ट गरी बालक शिवम् मिश्र हिँडेका थिए। बालक मिश्रले गण्डक नहर नजिकमा बुवाले पार्किङ गरिराखेको इ-...
-
गण्डकी प्रदेशमा तीन महिनामा सवारी दुर्घटनामा ३९ को मृत्यु
पोखरा । चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)...
-
अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु
काबुल । अफगानिस्तानमा प्रान्तीय प्रहरी मुख्यालयलाई लक्षित गरी भएको कार बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ। पश्चिमी प्रान्त घोरको राजधानी फिरोज कोहमा आइतबार बिहान ११ बजे भएको बिस्फोटमा १२ जना सर्वसाधारण मारिएका हुन्। त्यहाँका अधिकारीहरूका अनुसार बिस्फोटमा परी एक सय जनाभन्दा बढी घाइते भएका छन्। आतंकवादीहरूले कारभरि ...
-
शिक्षक हत्याका आरोपी पक्राउ
इलाम । माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्। गत साउन २९ मा पदमकै घरको आँगनमा शिक्षक पुष्पलालको धारिलो हतियार घाँटीमा प्रहार गरिएको अवस्थामा शव भेटिएको थियो। घटनापछि ...












