ताप्लेजुङ । तमोर करिडोर अन्तर्गत निर्माणाधीन मोटरेबल रानी पुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तमोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाए...
राष्ट्रिय
-
-
भाउजूको हत्या आरोपमा एक युवक पक्राउ
मोरङ । नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी अगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राई...
-
९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना
काठमाडौं । कोरोना संक्रमण भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छिन् । उनी उमेरले ९१ वर्ष पुगेकी छिन् । दुई साता अघि उनलाई कोरोना संक्रमण देखिएपछि उनी महानगरले चलाएको कोभिड अस्पतलामा उपचार गराएका थिइन् । उनको बुधबार स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएकी ...
-
कोरोना संक्रमणबाट एमालेका नेता यादव निधन
जनकपुर । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ । एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित हुनुहथ्यो । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । मृगौला प्रत्यारोपणका लागि उपचाररत रहनुभइका नेता य...
-
अज्ञात समूहद्वारा माओवादी नेता पाण्डेमाथि गोली प्रहार
कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ।माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि गएराति करिब ११ बजेतिर गोली प्रहार भएको हो । उनको पेटदेखि बाँयातिरको कम्मरमा गोली लागेको प्रहरीले बताएको छ। तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा गोली प्रहार भएको हो ।गोली प्रहार गर्ने समूहको...
-
डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन
काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिक...
-
भूकम्प अपडेट : ६ घाइते, ७३ घरमा क्षति
लमजुङ । भूकम्पले घर भत्किँदा लमजुङमा ६ जना घाइते भएका छन् । कोरोना कहरले मानिसको जनजीवन आक्रान्त बनिरहँदा बुधबार बिहान लमजुङ केन्द्रबिन्दु्र बनेर गएको भूकम्पले जिल्लाका ७३ घरमा क्षति पुगेको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रले लमजुङको उत्तरी क्षेत्र मस्र्य...
-
थप २ सय ४६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । यो नेपालमा २४ घण्टामा कोरोनाका कारण भएको सबभन्दा धेरै मृत्यु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो...
-
म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार
म्याग्दी । म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहनुभएका सुरत केसीको नेतृत्वमा चारजना युवा...
-
गण्डकी प्रदेशमा थप ३० संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशमा एकै दिन ३० जनाको मृत्यु भएको यो पहिलो घटना हो । दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएको भन्दै स्थानिय प्रशासनले बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरे पनि गण्डकी प्रदेशमा संक्रमित र मृतकको संख्या तीव्ररूपमा वृद्धी भएको छ । बुध...





















