• बेडको प्रतीक्षामा बसेका संक्रमितको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इ...

  • धरौटी बुझाएर जेल मुक्त भए विप्लव समूहका नेता माइला लामा

    संखुवासभा । सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीवार रिहा भएका हुन्। सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको स...

  • सत्ता पक्षबाटै जनस्वास्थ्य मापदण्ड उल्लंघन भएको भन्दै कांग्रेस म्याग्दीद्वारा ध्यानाकर्षण

    बेनी ।कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत नेपाल सरकारले तोकेको मापदण्डको उल्लंघन भइरहेको नेपाली कांग्रेस म्याग्दीले आरोप लगाएको छ ।जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर)द्वारा बिहिबार जारी प्रेस विज्ञप्तीमा सरकारको नेतृत्वकर्ता प्रधामन्त्री केपी शर्मा ओलीको पार्टी नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई...

  • कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ८८८ जना निको भएका छन् । ...

  • सांसद राजीव गुरुङ बने मन्त्री 

    पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल विस्तार गर्नुभएको छ ।  मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री हुनुभएको हो । मनाङबाट निर्वाचित सांसद गुरुङलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ । अहिले यो मन्त्रालय सामाजिक...

  • कास्कीमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्‍यु

    कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।पोखरा महानगरपालिका–१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७:३० बजे मृत्‍यु भएको हो । उलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा...

  • जनमोर्चाका सांसद खिमबिक्रम शाहीको स्पष्टीकरण : पार्टीको निर्णयप्रति प्रतिबद्ध छु

    पोखरा । बुधबारको गण्डकी प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि एकाएक विवादमा आउनुभएका जनमोर्चाका सांसद खीमविक्रम शाहीले अस्पताको शैयाबाट विज्ञप्ति निकालेर पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार विज्ञप्ति निकालेर अहिले आफू विस्तारै निको हुँदै गएको र अस्पतालबाट बाहिर आएपछि सबै आफ्नो भनाइ सार्वजनिक...

  • कर्णाली प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानका एकरएकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु...

  • कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु

    धनगढी । कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड फोकल व्यक्ति डा. गोविन्द रोकायाले आईसीयूमा उपचाररत भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी नग...

  • कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

    काठमाडौं । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा१६च १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो । बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पता...