म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ का ६६ बर्षिय र वडा नम्बर ५ का ५२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...
राष्ट्रिय
-
-
सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले कोरोना प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभ...
-
हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालिन सेवा केन्द्र स्थापना,मन्त्री पुनद्धारा उद्घाटन
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालिन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी प...
-
नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि , ४ को मृत्यु
काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार ९६ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ । ...
-
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका गौतम बिजयी
बेनी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी हुनुभएको छ। शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिद्धन्द्धी जगदिश गौतमलाई भारी मतले पराजित गदैं अध्यक्षतमा निर्वाचित हुनुभएको हो ।अध्यक्षमा निर्वाचित लिलारामले ६९ म...
-
नेपाली काँग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : डा.संग्रौला
म्याग्दी । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य सांसद डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताउनुभयो । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। शनिबार बेनीमा नेपाल प्रेस युनियन म्याग्दीले आयोजना ...
-
शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस, नयाँ स्वास्थ्य मापदण्ड जारी गरिँदै
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिए । सीसीएमसीको आज सबेको बैठकले अन्य स्थानको हकम...
-
पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला
पोखरेबगर । पत्रकार पुर्णिमा श्रेष्ठ र उहाँको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालको सफल आरोहन गर्नुभएको छ । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ सहितको टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा अन्नपुर्णको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाउनुभएको छ । म्याग्दीकाे अन्नप...
-
सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित
बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ...
-
ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण सुरु गरेको हो । विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले कर सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ ।...






















