• त्रिशुलीमा भ्यान दुर्घटना : बेपत्तामध्ये दुई जनाको शव फेला

    काठमाडौं । त्रिशुलीमा खसेको पिकअप भ्यानबाट दुई जनाको शव निकालिएको छ। गाडी भित्रबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको शशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका एसपी मुरारी बस्नेतले सेतोपाटीलाई बताए। गोताखोर टोली परिचालन गरी शव निकालिएको हो। प्युठानबाट बिरामी लिएर का...

  • त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक प्रा.डा.भीष्मराज प्रसाईँको निधन

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक प्रा.डा.भीष्मराज प्रसाईँको मृत्यु भएको छ । नेपाल मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो । ८९ वर्षीय प्रसाईँ कात्तिक २८ गते अस्पताल भर्ना भएका थिए । मुटुको समस्याका कारण अस्पताल भर्ना भएका उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको...

  • पोखरामा एक विरामीको अस्पताल चाहार्दाचाहर्दै मृत्यु

    पोखरा । पोखरामा एक विरामीको समयमै उपचार नपाएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षिय राजेश कार्कीको अस्पताल चाहार्दाचाहार्दै समयमै उपचार नपाउँदा मृत्यु भएको हो। पोखरामा उपचारका लागि अस्पताल चाहार्दाचाहार्दै एक हप्तामै दोश्रोपटक मृत्यु भएको हो। यसअघी स्याङ्जा पुतलीबजारकी धनमाया गुरुङको पनि पोखर...

  • भारतीय विदेश सचिव श्रृंगला आज काठमाडौं आउँदै

    काठमाडौं। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । उनी आज बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा श्रृंगला नेपाल आउन लागेका हुन । विदेश सचिव श्...

  • पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

    काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । चितवनमा रहेका पूर्वयुवराज शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा भरतपुरमा उपचार सुरु भएको छ । सोमबार भैरहवाबाट आफैँले गाडी चलाएर चितवनको होटल सेन्ट्रल पाल्ममा बसिरहेका थिए । हिजो दिउँसो छातीमा समस्या देखिएपछि चितवन मेडिकल कलेजका मुटुरोग विश...

  • कोरोनाबाट बुटवलमा एक बृद्धाको मृत्यु

    रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्...

  • दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार

    भालुवाङ । दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेलमाथि अज्ञात समूहले गएराति गोली प्रहार गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको...

  • बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्दाँ, तीन जना बेपत्ता

    चितवन । प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् । एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली...

  • मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थानीयले निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गर्नुभएको हो । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी ...

  • लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक

    बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ । ...