• काठमाडौंका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नुभएको थियो ...

  • आमा–बुवा, काका–काकी र मामामाइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले

    धनुषा । आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो। जहाज दुर्...

  • सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि स...

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनुभएको छ ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राख्नुभएको हो । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नु...

  • एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । बजेटबारे छलफल गर्न सोमबार ११ बजेपछि बस्नेगरी बैठक बोलाएको सो पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट विनियोजन गरेका थिए । सिं...

  • सुपारी तस्करीको धन्दामा ‘ब्रेक’ लगाउन अन्तःशुल्क चार गुणा वृद्धि

    काठमाडौं । सरकारले एकाएक सुपारी आयातमा लाग्ने अन्तःशुल्क उच्च दरमा बढाएको छ । तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारततर्फ तस्करी गर्नेहरुलाई निरुत्साहित गर्ने गरी सरकारले सुपारी आयातमा किलोकै थप ७५ रुपैयाँ कर लिन सुरु गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि आएको बजेटबाटै सरकारले सुपारीसहित विभिन्न तस्करीको जोखिम र...

  • सीके राउतले २० लाख जनासँग हात मिलाए तर निर्वाचनमा पार्टीलाई सवा लाख मतमात्र

    काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय चुनावको बारेमा समीक्षा सुरु गरेको छ । जिल्ला जिल्लाबाट समीक्षाको रिपोर्ट केन्द्रमा पठाउन थालेका छन् । जिल्लास्तरमा भएको समीक्षा अनुसार जनमत पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षा अनुसार मत पाएन । आकलन गरिएको मत पार्टीलाई नआएपछि ती मत कहाँ गए भन्नेबारे पार्टीले खोजी स...

  • कक्षा १ देखि ५ सम्म मातृभाषामा पठनपाठन हुनुपर्छ : भाषा आयोग

    जुम्ला । प्रत्येक सामुदायिक विद्यालयमा मातृ भाषामा शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा पठनपाठन हुनुपर्ने बताइएको हो । भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा।लवदेव अवस्थीले नेपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्न...

  • बजेटमा समेटियो निजी क्षेत्रको अभियान

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रको अभियानलाई बजेटमा समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सञ्चालन गरेका दुई छुट्टाछुट्टै अभियान बजेटमा समेटिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले अघि बढाएको ‘मेड इन नेपाल’ र नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ अभियानलाई बजेटमा ...

  • जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौं : तारा एयर

    काठमाडौं । हिजोदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उद्धार कार्य जारी रहेको तारा एयरले जनाएको छ । तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटना...