• सत्ता गठबन्धनको प्रतिबद्धता : बागलुङ नगरपालिकामा एक घर एक धारा

    बागलुङ । स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढेको सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिका स्तरीय प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिबद्धता सार्वजनिक गरेको हो । गठबन्धनको तर्फबाट बागलुङ न...

  • रूकुम पश्चिममा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते

    काठमाडौँ । रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्। सोमबार राति त्रिवेणी गाउँपालिका–१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो। घाइतेहरू तीन जना माओवादी केन्द्रका उम्मेदवार समर्थक छन् भने तीन जना स्वतन्त्र उम्मेदवारका समर्थक हुन्।...

  • मतदाताको अधिकारप्रति सचेत गराउन प्रमुख आयुक्तको आग्रह

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गर्नुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ्ना सदस्य रेडियोहरुका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ ...

  • अख्तियारमा उजुरी परेको विषयमा सुनिताले भनिन्–राजनीतिक प्रतिशोध साँध्न खोजियो

    काठमाडौँ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताउनुभएको छ । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ । ‘राजनीतिक करिअर अ...

  • बोलेर भन्दा काम गरेर देखाउँछु : श्रेष्ठ

    काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । टोखा नगरमा निष्ठावान्, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति चुनावमा आफ्नो पक्षमा माहोल बनाउन जनताको घ...

  • स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याए : पौडेल

    काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पु¥याएको भन्दै आपत्ति जनाउनुभएको छ । महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उहाँले स्थापितले च...

  • बन्द नहुने भयो इन्टरनेट सेवा

    काठमाडौं । सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएका कारण देशव्यापी बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण इन्टरनेट काटिने अवस्थामा पुगेको थियो। गत शनिबार इन्टरन...

  • हेटौंडामा गठबन्धनको घोषणापत्र : १० हजार लिटर पानी र ३०० युनिट विजुली निःशुल्क

    हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । गठबन्धनबाट मेयरको उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीकी मीना लामाले घोषणा पत्रमार्फत् हेटौंडाका जनतालाई १० हजार ल...

  • प्रश्नकर्ताबारे स्थापितको आपत्तिजनक टिप्पणी : मान्छे पनि हो कि होइन जस्तो लाग्यो !

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने युवतीमाथि आपत्तिजनक टिप्पणी गर्नुभएको छ । हालै मात्र नेशनल कलेजले मेयरका उम्मेदवारहरुसँग गरेको अन्तर्क्रियामा अधिकारकर्मी भावना राउतले मिटू आरोपबारे स्थापितलाई प्रश्न गनुभएको थियो । जवाफमा स्थापितले ‘यू आर ...

  • मन्त्रालयको दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेको हुँ : स्थापित

    काठमाडौँ । नेकपा (एमाले)बाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पार्नुभएको छ । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्...