काठमाडौँ । कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराजको मुद्दामाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो । शोभराजले पुस ७ गते उ...
राजनिति
-
-
दलहरुले सामाजिक एकता कायम गर्नुपर्छ : शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताउनुभएको छ । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो। झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व तुर्सा हेमरमको २४औँ स्मृति दिवसका...
-
एमालेको आग्रहमा सर्यो प्रतिनिधि सभा बैठक
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ । ...
-
नारायणहिटी दरबारभित्रको विषयमा मलाई अनावश्यक ढंगले मुछियो : भट्टराई
ताप्लेजुङ । पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिएको विषयमा अनावश्यक र तर्कविहिन ढंगले आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाउनुभएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको संसद बिगठनपछि भट्टराईसहित ७ जना मन्त्र...
-
नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी तिव्र
म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको यहि पौष २३ गतेदेखि सुरु हुने नवौँ जिल्ला अधिवेशनको तयारीलाई तिव्र पारिएको छ । अधिवेशनमा सहभागी हुनका लागि जिल्लाभरी बाट ४५० जना प्रतिनिधि चयन भएका छन । प्रतिनिधिहरु पार्टीका संगठित सदस्यका आधारमा खुल्ला, महिला, दलित तथा जनवर्गीय संगठनहरुबाट चयन गरिएको हो । अधिवेशन ...
-
कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्यो
काठमाडौँ । नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । विवादका कारण पार्टीको १४ औं महाधिवेशनअघि हुन नसकेको जिल्ला अधिवेशन पुस २७ गतेका लागि तय भएकामा फेरि सारिएको हो । काँग्रेस निर्वाचन समितिले पार्टी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा व्यस्त रहनुपर्ने कारण देखाउँदै अधिवेशन सारिएको जनाएको छ । निर्वाचन ...
-
उखु किसानका लागि अनशन बसौं : सांसद मोदी
काठमाडौं । सांसदहरुले उखु किसानले चिनी मिललाई उखु बेचेको रकम अझै नपाएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सहभागी सांसदहरूले समयमै उखुको मूल्य निर्धारण नगर्ने र किसानले मिललाई बेचेको उखुको भुक्तानी दिलाउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनीहरुले संसदीय ...
-
अतिरिक्त शुल्क खारेजीको माग गर्दै काठमाडौं मेडिकल कलेजमा नेविसंघको रिले अनसन
काठमाडौँ । नेपाल विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा रिले अनसन सुरू गरेको छ । कलेजले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघले रिले अनसन गरेका हुन्। उनीहरूले कलेजले मनोमानी ढंगले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्नेजस्ता माग रा...
-
जिल्ला अधिवेशन गरे भोक हड्ताल गर्ने कांग्रेस महोत्तरीको चेतावनी
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ति जनाएको हो । कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील...
-
देउवाद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले आज शोक वक्तव्य जारी गर्दै सभापति एवम् प्रधानमन्त्...






















