काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (महन्थ ठाकुर पक्ष) को आजदेखि जिल्ला तथा प्रदेशमा पार्टीको विस्तारित बैठक सुरु भएको छ । आज सप्तरी, सिरहा, महोत्तरी र बारामा विस्तारित बैठकको आयोजना गरिएको छ । सिरहाको बैठकलाई अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनलगायतले सम्बोधन गर्नेछन् भने सप्तरीमा राजेन्द्...
समाचार
-
-
मानव अपहरण मुद्दामा फरार एक प्रतिवादी पक्राउ
झापा । मानव अपहरण तथा शरीर बन्धक र जबरजस्ती चोरी मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु छन् । उनलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नग...
-
बाजुरामा निमोनिया रोगका बिरामी बढे
बाजुरा । जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले बताउनुभयो । निमोनिया जस्तो लक्षण देखापरेका बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा जोशीको भनाइ छ । हाल अस्पताल...
-
अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध
गलकोट । बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्...
-
थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० आरटी पिसिआर र ६ हजार ५ सय ३८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ९ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४...
-
भरियामार्फत नेपाल भित्र्याइएको करिब आधा किलो सुनसहित २ जना पक्राउ
काठमाडौं । विमानस्थल प्रहरीले भरियामार्फत नेपाल ल्याइएको करिब आधा किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्षबाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा प्रहरीले झण्डै आधा किलो सुन बरामद गर्न सफल भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेर १० मिनेटमा सिरहाको धनगढ...
-
रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द
रोल्पा । साउन १ देखि रोल्पा अस्पतालमा सुत्केरी शल्यक्रिया सेवा बन्द भएको छ। केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा (सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि रोकिएको हो। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ। सिईओए...
-
बाढीपहिरोले पुरियो मनाङको गंगापूर्ण हिमताल
पोखरा । असार पहिलो साताको बाढीपहिरोले हिमाली जिल्ला मनाङमा भौतिक क्षति निकै नै गर्यो । सडक, पुलपुलेसा, सरकारी, निजी भवन सहित स्थानीयको बासै उठाउने गरि क्षति गर्दा जनजीवन अझै पूर्ववत अवस्थामा फर्किन सकेको छैन । बाढीपहिरोले सर्वसाधारणलाई त उठिबास लगायो नै प्राकृतिक सम्पदामा पनि उत्तिकै क्षति गरेको छ । बाढीपहिर...
-
नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्...
-
अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए
एजेन्सी । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुर...













