बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मा मंगलबार दिउँसो रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको विरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२/४३ वर्षका थाम बहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्...
समाचार
-
-
यूएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल
काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा नेपाल र यूएईबीच खेल हुँदैछ ।ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ । नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।विश्वकप छनोट ग्लोवल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो ...
-
सात महिनामै १० खर्ब नाघ्यो व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म ५० प्रतिशत भन्दा माथिको दरमा बढिरहेको आयात सातौं महिनापछि भने केही थामिएको छ । सात महिनामै व्यापार घाटा १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९ को सातौं महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांक अनुसार साउनदेखि माघसम्म कुल ११ खर्ब ४७ ...
-
छिटोभन्दा छिटो पशुपति धर्मशालाबाट बतास समूह हट्छः मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताउनुभएको छ । मंगलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समू...
-
सुक्खा पहिरोले पुरिएर एकको मृत्यु
गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ। इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला ...
-
वन अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जिल्ला वन कार्यालयका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वृक्षरोपण गर्दा रकम हिनामिना गरेको आरोपमा वन अधिकृसहित चार जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको ...
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन २६ फागुनदेखि
कास्की । असोज अन्तिम सातादेखि रोकिएको गण्डकी प्रदेशसभाको अधिवेशन २६ फागुनदेखि चल्ने भएको छ । गण्डकी मन्त्रिपरिषद् बैठकले २६ फागुनमा आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेका छन् । २९ जेठपछि संविधानको कार्यान्वयन स्वरुप नयाँ सरकार गठन भएको थियो । नयाँ सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सोही बजेट अहिले क...
-
अब पनि नामको टुङ्गो नलगाए लाज हुन्छ : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम अब पनि टुङ्गो लगाउन नसके लाज हुने बताउनुभएको छ । सरकारको आव्हानमा आज बसेको सर्वदलीय छलफलमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले प्रदेशको नाम तोक्ने काम अन्य प्रदेशको तुलनामा पनि ढिलो भएको बताउनुभयो । ‘सङ्ख्यामा पनि र ...
-
एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : विष्ट
गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनका केही राजनीतिक दलहरूले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको छ । गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरको तल्लाफाँटमा सहिद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘सत्ता मै रहेका कतिपय राजनैतिक दलका मित्रहरू...
-
ब्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् । पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् । सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्याउन...






















