ब्याजदर वृद्धिको माग राख्दै सहकारीकर्मीद्वारा विभाग घेराउ

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् ।

पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् । सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्‍याउन अभियन्ताहरूले माग गरेका छन् । तर, यता नियामक सहकारी विभाग भने उक्त ब्याजदर वृद्धिको माग सम्बोधन गर्ने पक्षमा देखिएको छैन ।

त्यसो त आजै विभागले ब्याजदर वृद्धिको मुद्दामा सहकारी अभियन्ताहरूसँग छलफल गर्दैछ । हाल सहकारीमा १४.२२ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयनमा छ । थप सहकारी अभियन्ताहरूले अब सन्दर्भ ब्याजदर नभई आधार दर (कर्जा र निक्षेपको ब्याजदर अन्तर) तोक्ने व्यवस्था गर्न माग गरेका छन् । यसले हाल देखिएको ब्याजदर निर्धारणको समस्याको दीर्घ समाधान हुने अभियन्ताहरूको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार