• चाँगुनारायणमा ३ पुसदेखि मतदाता नामावली संकलन गरिने

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा आगामी ३ पुसदेखि मतदाता नामावली संकलन गरिने भएको छ । पालिकामा नामावली संकलनका टोलीलाई १५ दिनसम्म खटाइने छ । मतदाता नामावली संकलनका लागि गठन भएको स्थानीय समन्वय तथा प्रचारप्रसार समितिको बैठकले ३ पुसदेखि नामावली संकलन गर्ने जानकारी दिएको हो । नामावली संकलन नगरपालिकाको कार्यपा...

  • उत्तर कोरियामा हाँस्न लगाइयो प्रतिबन्ध, यस्तो छ कारण

    एजेन्सी । उत्तर कोरियामा हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँस्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो । उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथि...

  • सहमहामन्त्रीको मतगणनामा राठौरको अग्रता

    काठमाडौँ । नेपाली काँग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी रहेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको हो । यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भ...

  • कोरोनाको तेस्रो लहरको त्रासका बीच पनि भारत जानेको संख्या बढ्दो

    कैलाली । कोरोना संक्रमणको जोखिमका बाबजुद कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या बढेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको जोखिम बढिरहेकै समयमा सुदूरपश्चिमको त्रिनगर भन्सार नाकाबाट भारत जानेको संख्या बढ्न थालेको हो । कोरोनाको तेस्रो लहर भित्रिने जोखिम हुँदा पनि भारत जाने नेपालीको संख्यामा कमी नआएको त्रिनगर भन्सार ना...

  • उत्तरी चीनमा फसेका २१ जना खानी कामदारहरूको उद्धार जारी

    एजेन्सी । उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खानी तर्फ कुदिरहेको बताइएको छ। घटनास्तलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ शु...

  • सुनकोसीमा बेलिब्रिज जडानपछि गाईघाट–दिक्तेल सिधा यातायात

    काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन्। मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स...

  • ओलीको प्रक्षेपण : पहिलोमात्र होइन, बहुमतप्राप्त एमाले !

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो मात्रै नभएर बहुमत प्राप्त पार्टी बन्ने प्रक्षेपण गर्नुभएको छ । साथै उहाँले सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने समेत बताउ...

  • कांग्रेस सुधार्ने जिम्मा मेरो काँधमा आएको छ : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभएको छ । १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचन लड्दा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै कोइरालाले प्रतिनिधिहरुले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति अविचलित रहने प्रण पनि गर्नुभएको छ । ...

  • जापानको एक भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका

    काठमाडौं । जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ । ओशाकास्थित ८ तले भवनमा आगलागी भएको हो । शुक्रबार ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ । एनएचकेका अन...

  • पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला

    एजेन्सी । पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन् । पदचिन्ह फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ । राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् । डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेक...