किड्नी पीडित रोकालाई आर्थिक सहयोग

बेनी बिहिबार पौष २६ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुका २९ वर्षीय मिलन रोकालाई बुधबार बेनीमा आर्थिक सहयोग भएको छ । विगत एक महिनादेखि किड्नीमा समस्या आएर उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएपछि उपचारका लागि सहयोग गरिएको हो ।

अर्जुन कोरियन भाषा सेन्टर म्याग्दीको पहलमा रोकालाई नगद १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको सेन्टरले जनाएको छ । अभिभावक दिवसको अवसरमा अभिभावक र विद्यार्थीहरुमार्फत सङ्कलित आठहजार पाँचसय र कोरियन भाषा सेन्टरका प्रशिक्षक अर्जुन भण्डारीले नगद ६ हजार पाँचसय थप गरी नगद १५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

उक्त सहयोग रकम किड्नी पीडित रोकाका भिनाजु खरमान रोका र भाई जुकमान रोकालाई हस्तान्तरण गरिएको थियो । पीडित रोकाको आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि सानो भए पनि सहयोग पुगोस् भन्ने भावनाले आर्थिक रकम सङ्कलन गरी हस्तान्तरण गरिएको प्रशिक्षक भण्डारीले जानकारी दिएका छन् । हाल रोकाको पोखरास्थित फिस्टेल हस्पिटलमा किड्नीको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार