धौलागिरीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

म्याग्दी बिहिबार पौष २६ गते । धौलागिरी गाउँपालिकामा अन्तर माध्यमिक छात्र्छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ ।म्याग्दीको धौलागिरि गाउँपालिकाको आयोजनामा बिहिबारदेखी गाउँपालिकाको वडा नं ७ सिवाङ स्थित हेम माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो ।


बिहिबारदेखी सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले स्थानीय स्तरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभाको प्रस्फुटनमा टेवा मिल्ने बताउनुभयो । उहाँले गाउँमा भएको आयोजनाले विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि प्रदेश र राष्ट्रिय स्तर सम्म पुग्ने अवसर प्रदान गर्न सहयोग मिल्ने बताउनुभयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगरले खेलकुदको विकासले विद्यार्थीहरुमा अनुशासन कायम हुने,टिमवर्कको विकास र कुलतबाट बच्न सहयोग मिल्ने बताउनुभयो ।


उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए ।प्रतियोगिता चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, दौड ,कपर्दी र एथलेटिक्स तर्फ छात्र्छात्राको विभिन्न १५ वटा बिधाका खेल सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, कप र मेडल सहित क्रमश ः पैचालिस हजार, तिस हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
पालिका स्तरबाट छनौट हुने खेलाडीहरुलाई जिल्ला, प्रदेश हँुदै राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर दिइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो ।

यसअघिका वर्षमा जिल्ला स्तरमा मात्र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास परिषद्ले सबै स्थानीय तहलाई एक लाख रुपैयाँ पठाएको छ । धौलागिरि गाउँपालिकाले थप पाँच लाख रुपैयाँ बिनियोजन गरेको र प्रतियोगितालाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । विद्यालय स्तरका विद्यार्थीहरुको खेल क्षमताको विकास र उत्थान गर्न गाउँपालिकाले खेलकुदको आयोजना गरेको अध्यक्ष पुन मगरले बताउनुभयो ।


यसै गरी प्रतियोगिताको पहिलो दिन पन्ध्रसय मिटरको छात्र तर्फको दौडमा हेम माविका श्याम छन्त्याल प्रथम,धनजनता मावि मुनाका भुवन मल्ल दोस्रो र किसानी मावि धारापानीका शिखर थापा तेस्रो भएका छन् । छात्रा तर्फ हेम मावि सिवाङकी रिता भण्डारी प्रथम,धनजनता मावि मुनाकी सविना मल्ल दोस्रो र जनकल्याण मावि गुर्जाकी शुसिला विकले तेस्रो स्थान हासिल गर्नुभएको छ । विजेता विद्यार्थीहरुलाई प्रजिअ अधिकारी,प्रहरी नायव उपरिक्षक बुढमगर र खेलकुद विकास समितिका अध्यक्ष विकले मेडल प्रदान गर्नुभएको थियो ।


गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष छन्त्यालको स्वागत र गाउँपालिकाका शिक्षा विकास समितका संयोजक गिरी छन्त्यालको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार