विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सहित ८ पक्राउ

शनिबार चैत्र ९ गते । विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओली सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो ।

हेमन्त प्रकाश ओली नख्खु बम विस्पोटका प्रमुख ओजनाकार मानिन्छन् । ओलीसँगै  धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का ,सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ पक्राउ परेको महानगरीय  प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।

सभार नयाँपत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार