![](https://myagdinews.com/wp-content/uploads/2019/03/IMG_9442.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2019/03/IMG_9442-1024x768.jpg)
साधन राम्जाली
म्याग्दी शनिबार फागुन २५गते ।
पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक बर्ष कार्यकालको प्रगति शुन्य रहेको बताउनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा निर्मित विपि स्मृति कार्यालय भवनको उद्घाटन तथा आमसभालाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । उहाँले संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र शान्ती सुरक्षा कायम ,शुसान तथा विकासमा दुई तिहाईको नेकपा सरकार पुर्ण रुपमा असफल भएको आरोप लगाउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/IMG_9427-1024x768.jpg)
नेकपा सरकारले हत्या, हिंसा तथा बलत्कारका घटना न्युनिकरण गर्नुको सातो अपराधिहरुलाई उल्टै संरक्षण गरेको आरोप लगाउनुभयो । कञ्चनपुरकी निर्मलाको हत्यामा संलक्न अपराधिहरुलाई सजाय नदिएर सरकारले विभिन्न बाहनामा संरक्षण गरिरहेको आरोप लगाउनुहँदै नेकपाको सरकारकै कारण निर्मला जस्तै लाखौं पिडित किशोरिहरुले न्याय नपाएको बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/IMG_9383-1024x768.jpg)
नेकपा सरकार गठन भए लगत्तै भ्रष्टाचारीका घटना श्रृखलाबद्ध रुपमा बद्धै गएको बताउनुभयो । यसैगरी भ्रष्टचारी नियण्त्रण तथा विकास निर्माण सरकार असफल भएको बताउनुभयो ।
पुर्व प्रधानमन्त्री एवम् सभापति देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिनुभएको छ ।
‘राणा, पञ्चायत र राजा फाल्न जस्तै कम्युनिष्टका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो’, सभापति देउवाले भन्नुभयो । दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको उहाँले टिप्पनी गर्नुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/IMG_9331-1024x683.jpg)
बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा स्नान गरेपछि पुर्व प्रधानमन्त्री एवम् सभापति देउवाले सडक सुविधा र व्यवस्थापनमा ध्यान दिन सकेमा तातोपानी कुण्डको स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास हुने बताउनुभयो ।
काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार विखण्डनकारी सिके राउतसँग गरेको अधुरो र अस्पष्ट सम्झौताले भविश्यमा ठुलो दुर्घटना निम्त्याउने चेतावनी दिनुभयो । सम्झौता पत्रको बुँदा दुईमा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको नेता पौडेलले बताउनुभयो । साथैउहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको आरोप समेत आरोप लगाउँनुभयो ।
काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमै सरकारले जनताले विश्वास गरि दिएको मतको अपमान गरेको बताउनुभयो । साथै प्रवक्ता शर्माले काङ्ग्रेसले आन्तरिक एकतालाई बलियो बनाएर देशको राजनीतिको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
बेनीको सङ्गमचोकमा निर्माण गरिएको दुईतले भवनको सभापति देउवा र वरिष्ठ नेता पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/IMG_9323-1024x683.jpg)
रु ५१ लाख ३७ हजारमा खरीद गरिएको जग्गामा रु २९ लाख ५९ हजारको लागतमा सो भवन निर्माण गरिएको काङ्ग्रेस म्याग्दीका कोषाध्यक्ष टङ्क हमालले जानकारी दिनुभयो ।
सोहि अवसरमा कार्यालय भवन निर्माणमा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/03/IMG_9410-1024x683.jpg)
कार्यक्रममा राप्रपा निकट युवा संघ म्याग्दीका संयोजक दिलिप गौचन,नेकपा तथा अन्न्य विभिन्न पार्टी परित्याग गरि पचास बढी संख्यामा पार्टी तथा भात्रृ संगठन तरुणदलमा प्रवेश गरेको तरुण दल म्यागदीका अध्यक्ष मुकुन्द छन्त्यालले जानकारी दिनुभयो ।