लिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परिक्षण

बेनी सोमबार फागुन २७ गते । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ ।

विद्यालयको मन्टेश्वरी बल्कको आयोजनामा कक्षा नर्सरी देखि २ कक्षा सम्म अध्ययन र्ने बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

बेनी अस्पताल र आँखा उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले बालबालिकाको तौल, उचाई, आँखा, दाँत, नाक, कान लगायत स्वास्थ्य परिक्षण गरेको थियो ।

बालबालिका र अभिभावकहरुलाई स्वास्थ्यप्रती सचेत र जागरुक बनाउन वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य परिक्षण गरिएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार