नेकपाका कार्यकर्ताद्धारा पार्टी परित्याग गरेको घोषणा

म्याग्दी, मंगलबार चैत १२ गते । नेत्रबिक्रम चन्द् (विप्लप)नेतृत्वको नेकपाको म्याग्दीका एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका ४ सिंगा तातोपानीका प्रेम श्रीसले मंगलबार स्थानीय सञ्चार माध्यममा पत्र मार्फत विप्लप नेतृत्वको नेकपाको कुनै पनि संघ संगठनको साधारण सदस्य समेत नरहेको जानकारी गराउनुभएको हो । २०५३र५४ देखि जनमिलिसीया हुदै पार्टीमा आवद्ध भएका श्रीस विप्लप समूहको जिल्ला सदस्य र सो समूह निकट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

सरकारले विप्लप समूहलाई लगाएको प्रतिवन्धका कारण आफूमाथि पटक पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएकाले पार्टीबाट अलग भएर स्वतन्त्र नागरिकको रुपमा रहने श्रीसद्धारा प्रेषित पत्रमा उल्लेख छ ।
यसअघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको र चलाउदै आएको सवारी साधन प्रहरी कार्यालयमा थुनिएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार