स्थापना दिवसमा पर्यटकीय स्थल लभ्लीहिलको प्रवद्र्धनको लागि पदयात्रा

बेनी, शनिबार चैत १६ गते । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा म्याग्दीमा पर्यटकीय स्थलको प्रवद्र्धनको लागि पदयात्रा गरिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका– २ मा अवस्थित पर्यटकीय स्थल लभ्लीहिल क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पदयात्रा र अन्र्तक्रिया गरिएको हो ।

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको लम्भीहिल क्षेत्रको प्रचार प्रसारको लागि पदयात्रा र अन्र्तक्रिया गरिएको महासंघका उपाध्यक्ष ठाकुर प्रसाद आचार्यले जानकारी दिनुभयो । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग बाणिज्य संघको त्रिपक्षिय साझेदारीमा निर्माण भैरहेको बेनी–लभ्लीहिल पदमार्ग हुँदै पदयात्रा गरिएको थियो ।


पदयात्रा पश्चात लभ्लीहिलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापाले नयाँ गन्तव्यको रुपमा विकास भैरहेको लभ्लीहिल क्षेत्रको सम्भावना उजागर, समस्याको पहिचान, प्रसार प्रसार र पर्यटन प्रवद्र्धनमा महासंघको पदयात्रा र अन्र्तक्रियाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाँले तत्कालिन जिल्ला विकास समिति, पर्यटन कार्यालय, र नगरपालिकाले लभ्लीहिलमा रेलिङ, आराम गर्ने गोलघर निर्माण गरिएको जानकारी दिँदै डिभिजन बन कार्यालय मार्फत उद्यान निर्माणको काम अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा शाखाका निवर्तमान शाखा अध्यक्ष सुरत केसीले पत्रकारीता क्षेत्र जिम्मेवार र संवेदनशिल रहेकाले समाजका हरेक बिषयबस्तुलाई तथ्यमा आधारित रहेर बिषय उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

शाखाका उपाध्यक्ष ठाकुर प्रसाद आचार्यको स्वागत, सहसचिब कमल खत्रीको स्वागत र सचिब गोरखनाथ सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार, सञ्चारकर्मी एवम वडाका जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार