पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित

म्याग्दी, सोमबार चैत १८ गते ।
यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यममा पहिलो रेडियोले आफ्नो ११ औ वार्षिक उत्सवको अवसरमा राखिएको म्याग्दी पर्यटन महोत्सव २०७५ लाई सफल पर्नेको लागि सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

भेलामा बोल्दै म्याग्दी उद्योग बाणिज्यका पूर्व अध्यक्ष एवम् गण्डकी प्रदेशका सदस्य कुविर कुमार श्रेष्ठले म्याग्दीको पर्यटनकीय स्थलहरुको प्रचार प्रसार गर्न लागेको यो महोत्सवले म्याग्दीको पर्यटनमा विकास गर्ने विश्वास व्यक्त गरेका थिए म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्यले म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको म्याग्दी भम्रण बर्ष २०७५ लाई सफल बनाउनका लागी रेडियो म्याग्दी १०४.४ मेघाहर्ज आयोजना गर्ने महोत्सवले ठुलो भुमीका खेल्ने भन्दै त्यसका लागी म्याग्दी उद्योग बाणिज्य संघले महोत्सलाई सफल बनाउन लागि पर्ने बताए ।

नेपाली काँग्रेसका उप–सभापती माधव प्रसाद रेग्मी होटल व्यवसायी संघको उपाध्यक्ष अनु पुन, शिवालय टोल सुधार समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, मगर संघ म्याग्दीकी अध्यक्ष डमाया पाइजा, राष्ट्रिय प्राजातान्त्रीक पाटीका अध्यक्ष बिर बहादुर थापा, बोलेका थिए ।
भेलामा उपस्थित भएका बेनीका उद्योगी, व्यपारी, सर्वसाधरणले महोत्सव प्रचार प्रसारका लागी समय कम भएता पनी सम्पूर्ण क्षेत्रबाट आफुहरुले सहयोग गर्ने बताएका थिए ।

‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवम महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले जानकारी दिए । महोत्सवको तयारी तिब्र बनाइएको छ ।
यही चैत २१ देखि बैशाख १ गते सम्म संचालन हुने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने व्यवस्थापन संयोजक भरत बहादुर रकालले जानकारी दिए ।

उनका अनुसार खुला दोहोरी गीत प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनलाई क्रमश ः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा ११५ वटा व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका कृषि लद्युउद्यम लगातका बस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनको लागि आयोजकले १० वटा स्टल निःशुल्क उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार