गलेश्वर मन्दिरमा तेस्रो सोमबार (फोटोफिचर )

बेनी ,सोमबार साउन २० गते । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले पुजा गरेका छन् ।

गलेश्वर मन्दीरमा पुर्जा गर्न आउने भक्तजनलाई लक्षित गरी विद्यार्थी ,शिक्षक ,प्रहरी ,सामुदायक प्रहरी,क्लब तथा स्थानी आमा समुहले सेवा दिँदै आएका छन् । पुजा गर्न आउने भक्तजनलाई लक्षित गरी स्वयंसेवकको रुपमा सहयोग गर्र्दै आइरहेको सामुदायीक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष डेकबहादुर सुनारले बताउनुभयो ।

कालिगण्डकी नदिको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टानमा फैलिएको गलेश्वर मन्दीरमा विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र परिवारको सुख शान्तीको कामना र विद्यार्थीहरुले शिक्षामा विद्या प्राप्ती संगै सफलताकाको कामनाका लागि पुजा गर्न आउने गरेको बताउछन् । तस्वीर : रुपेन्द्र पुन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार