कांग्रेसको मराङमा जागरण अभियान,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन

बेनी ,बुधबार भदौ २५ गते ।
नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन मगर (निरज)ले सम्बोधन गर्नुभयो ।

अभियानलाई सम्बोधन गर्नुहुँदै संयोजक एवम् पुर्व सांसद निरजले जनतामाथि दुई तिहाई बहुमत प्राप्त कम्युनिष्टसरकारले गरेका गलत क्रियाकलाप र झुटका बारेमा भण्डाफोर तथा जनतालाई सचेत बनाउन कांग्रेसले जागरण अभियान थालेको बताउनुभयो।वर्तमान सरकारले भ्रष्टाचार,मुल्य बृद्धि ,बिकृती ,हत्या हिंसा तथा जघन्य अपराधका घटनालाई नियन्त्रणको साटो बढवा दिएको आरोप लगाउनुभयो ।
सुन काण्ड तथा एनसेल कर प्रकरणका दोषीलाई उन्मुक्ती दिने गरेको उहाँको भनाई छ । साथै बालुवातार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपा महासचिव विष्णु पौडेललाई कारबाही नगरी सरकारले संरक्षण दिएको आरोप लगाउनुभयो ।

सरकार साम्यबादीदिशातर्फ उन्मुख रहेकाले देशको धर्म संस्कृती संकटमा परेको उहाँको भनाई छ । ‘कमयुनिष्ट सरकार काण्ड काण्डैमा फसेको छ’ उहाँले भन्नुभयो, दुई तिहाइ प्राप्त सरकारले जनतालाई निराशा मात्र दियो अरु दिन सकेन । नेकपाले चुनावको समयमा जनता सामु गरेका बाचा भुलेको उहाँको भनाई छ ।

सरकारको दमन र गलत क्रियाकलाप प्रती सबै जनाता एक जुट हुनुपर्नेमा जोड दिनुभयो । राज्यको चौथो अंग प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको बताउनुभयो । अंकुश लगाए पनि पत्रकारले गलत क्रियाकलाप विरुद्ध शसक्त रुपमा कलम चलाउन उहाँले आग्रह समेत गर्नुभयो । कबिराज केसीको सभापतित्व ,प्रदेश सभा २ का सचिव हिराबहादुर पुन मगरको संचालन तथा कोषाध्यक्ष तेजिन्द्र थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अभियान संयोजक तथा प्रदेश सभा २ का सल्लाहकार खिमबहादुर पुर्जा लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार