दग्नामका मिर्गौला रोगी गर्वुजाको जिवन रक्षाका लागि सहयोगको याचना

म्याग्दी ,आइतबार असोज १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका मिर्गौला पिडित अमृत गर्वुजाका घरपरिवारले उनको जिवनरक्षाको लागि उपचारमा सघाउन सहयोगको आचना गरेका छन् । तीन बर्ष अघि पत्यारोपण गरिएको मिगौला फेल भएपछि अहिले गर्वुजा जिवन र मरणको दोसाँधमा पुगेका छन् ।

आफ्नै आमाले दिएको मिगौला पत्यारोपण गरिएका गर्वुजाको अचानक पुनः मिर्गौला फेल भएपछि अहिले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा नियमित रुपमा डायलासिस विधि मार्फत उपचार गराईरहेका छन् ।

मिर्गौला पत्यारोपणको लागि आफ्नै बहिनी तयार रहेपनि आर्थिक अभाबले उनको मिर्गौला पत्यारोपण गर्न समस्या भएको उनका आफन्त शिव गर्वुजाले जानकारी दिए । ३० बर्षका गर्वुजाको दुई छोरा र श्रीमती समेत रहेका छन् । घरायसी आम्दानीको कुनै स्रोत नभएपछि यतिबेला उनको उपचारमा समस्या भएको छ । गर्वुजालाई सहयोग गर्न चाहनेहरुको लागि सम्पर्क ९८६७६४५१४५
अमृत गर्वुजाको सांग्रीला डेभलपमेन्ट बैँकको खाता नम्बर 00501200258823000001

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार