नेपाली कांग्रेस पुलाचौर वडा इकाइ अध्यक्षमा बानियाँ

बेनी ,विहिबार मंसिर ५ गते । नेपाली कांग्रेस पुलाचौर वडा कार्यसमितिको अध्यक्षमा प्रकाश बानियाँ चयन हुनुभएको छ । स्थानीय तहको पुर्नसंरचना अन्तर्गत बेनी नगरपालिका–५ पुलाचौरमा भएको आम भेलाबाट गठन भएको नेपाली काँग्रेसको वडा कार्य समितिको अध्यक्षमा बानियाँ अध्यक्षमा चयन हुनुभएको हो ।

जिल्ला कार्य समितिका उप–सभापती माधव रेग्मी,दण्डपाणी पराजुलीको संयोजकत्वमा म्याग्दीका प्रदेश क्षेत्र (क)का सभापती रेग्मी र पराजुलीको उपस्थितीमा पुलाचौरमा भएको कांग्रेसको भेलाले प्रकाश बानियाँको अध्यक्षमा वडा एकाइ समिति गठन गरेको छ ।

समितिको उपसभापतीमा नविन बानियाँ, इन्द्र प्रसाद क्षेष्ठ, सचिवमा गणेश कार्की, एकादत्त पौडेल, सह–सचिवमा होम बहादुर खत्री, कोषाअध्यक्षमा सान्ती शर्मा र मीना शाही चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नर बहादुर विक, संञ्जय कुवर, बेल बहादुर पुन, सचिन दर्जी, मुकुन्द प्रसाद पौडेल, ज्ञानेन्द्र बानियाँ, हरि पौडेल, आरती बिक, बागविर दर्जी, धन बहादुर दर्जी र गंगा दत्त पौडेल रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै उप–सभापती रेग्मीले संगठनलाई प्राजातन्त्रको संरक्षण,जनताको जनजिवन उकास्न र पार्टीलाई बलियो बनाउन अग्रसर हुन नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार