गुल्मीदेखी निसिखोला जाँदैं गरेको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गयो

बागलुङ,मंगलबार मंसिर १७ गते ।
गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ । उद्धार कार्य जारी रहेको छ । आदर्श सञ्चार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार