नेपाल पर्यटन बोर्डको सीईओमा रेग्मी

काठमाडौँ, मंगलबार माघ १४ गते । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई आगामी कार्यकालको सीईओमा नियुक्त गरेको हो ।

रेग्मीसँगै बोर्डका अध्यक्षका लागि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर सिफारिसमा परेका थिए ।रेग्मीलाई नेपाल कम्युनिष्ट पार्टी निकट व्यक्ति मानिन्छ । पृथ्वीनारायण क्यम्पस पोखरामा हुँदा उनले अनेरास्ववियुसँग निकट रहेर काम गरेका थिए ।

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा कार्यरत छन् । रेग्मी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले ३३ दिनदेखि रिक्त सीईओ नियुक्त गर्न माघ १२ गते अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई सदस्य सचिव तोकेको छ ।निवर्तमान सीईओ दिपकराज जोशीको चार वर्षे कार्यकाल सकिएपछि सञ्चालक समितिले नयाँ प्रक्रिया थालेको थियो ।रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार