गोरखामा निर्माणाधीन पुल भत्कियो , तीन मजदुर घाइते

गोरखा,बुधबार फागुन २१ गते  । गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने मर्स्याङदी नदीमाथि निर्माणाधीन पुल भत्किँदा तीनजना कामदार घाइते भएका छन् ।

मंगलबार राति पुलको ढलान गर्न छड कसिरहेका बेला पुल भत्किएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार निर्माणाधीन पुल भत्किँदा तीनजना मजदुर घाइते भएका हुन् । उनीहरुमध्ये दुईजनाको स्थानीय मेडिकलमा र एकजनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

पुल ४३ मिटर लम्बाइको छ। ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला पुल ढलेको हो । पुल ढलानका लागि तीन हजारभन्दा बढी टेका लगाइएको बताइएको छ । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार