नेकपा म्याग्दीले सुदृढीकरण अभियान चलाउने

बेनी,बिहिवार  फागुन  २२ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ल संगठन कमिटि म्याग्दीले पार्टी एकता सुदृण्ीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

गण्डकी प्रदेश कमिटिको निर्देशन अनुसार हालै बेनीमा सबेको जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्ला ब्यापी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाड गरेको छ ।

स्थानीय तह र वडा स्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय संगठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताको बिचमा समन्वयको वातावरण बनाउन अभियान चलाउन लागिएको नेकपा म्याग्दीका संयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो ।

“सम्बृद्ध नेपाल, सुखी नेपालीको आधार, सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार” भन्ने नाराका साथ सञ्चालन हुन लागेको अभियान अन्तरगत पार्टी सदस्यता नविकरण, अन्तरक्रिया, भेला र प्रशिक्षण कार्यक्रम गरिने भएको छ ।

पार्टी र जनवर्गीय संगठनको एकतालाई सुदृढ बनाउदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्युनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा संकलन गरिने संयोजक पौडेलले बताउनुभयो ।

चैत मसान्तभित्र पार्टी सदस्यता नविकरण तथा जेठ मसान्तसम्म नयाँ सदस्यता विस्तार गर्ने, चैत २१ ग्ते वडा तथा गाउँ कमिटिबिच अन्तरक्रिया, २७ गते जिल्ला कमिटि र २९ गते जिल्ला प्रदेश, संघीय सांसदका बिचमा अन्तरक्रिया गरिने भएको छ ।

अभियान सञ्चालनका लागि बेनी नगरपालिकामा हरिकृष्ण श्रेष्ठ र देव घले, अन्नपूर्ण गाउपालिकामा देवेन्द्र केसी र कुलबिर राम्जाली, रघुगंगा गाउपालिकामा बिनोद केसी र बालकृष्ण सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी मंगलामा टेकबहादुर बिक र देवराज सुवेदी, मालिकामा रेशम जुग्जाली र धवलागिरीमा नवराज शर्मा र थमसरा पुनलाई जिम्मेवारी दिइएको छ ।

चैत १० गतेभित्र बाँकी रहेका जनवर्गीय संगठनहरुको एकताको घोषणा र अन्यले पालिका स्तरीय बैठकको आयोजना गर्ने निर्णय भएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

छ वटै स्थानीय तहमा फागुन २४ गते शनिबार एकै दिन पालिका कमिटिको पूर्ण बैठक, चैत मसान्तभित्र ६ वटै स्थानीय तहमा पार्टी कार्यालय स्थापना, कार्यालय सचिवको जिम्मेवारी तोक्ने, चैत ७ गते रघुगंगा, मंगला र धवलागिरी गाउपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ ।

नेकपा गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटि सदस्य तथा सांसद थममाया थापा, जिल्ला इञ्चार्ज भुपेन्द्रबहादुर थापाको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । स्थानीय तहका संयोजकहरुले पार्टी र जनवर्गीय संगठनका गतिबिधि प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार