डोल्पामा घर भत्किँदा दिदी बहिनीको मृत्यु

डोल्पा ,शनिबार चैत्र ०१ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार रातिदेखि परेको पानी र हिमपातले घर घर भत्केर १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ । उनीहरुको आमा ३५ वर्षीया रणमती बुढा गम्भीर घाइते भएकी छिन् ।

घाइतेलाई उपचारका लागि बगर बजारस्थित स्वास्थ्य संस्थामा लगिएको छ । बाबु बमबहादुर बुढा र छोरा उपेन्द्र बुढा छुट्टै सुतेकाले केही भएको छैन् । नयाँपत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार