अमेरिकी दूतावासद्वारा भोलिदेखि डिभी र गैरआप्रवासी भिसा बन्द !

काठमाडौं ,सोमबार चैत ०३ गते । नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि लागूहुनेगरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ ।

भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गतदेखि लागू हुनेगरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको हो ।

अमेरिकी दूतावासले जतिसक्यो चाँगो भिसा सेवा पुनर्सञ्चालन गर्ने जनाएको छ । दूतावासको सूचनामा भनिएको छ, ुयस बखत निश्चित समय तोक्न असमर्थ छौँ । एमआरभी शुल्क जनु मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एकवर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहेछ ।

अमेरिकाले अति जरुरीमा तत्कालै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट गर्नका लागि विशेष इमेलको व्यवस्था गराएको छ ।

भिसा आवेदकहरूका लागि कोभिड(१९ सम्बन्धी सूचनास् २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ।

हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्नेछौँ तर यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ। एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ ।

कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको जनाएको छ । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार