दाङमा बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

दाङ,सोमबार चैत ०३ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार