न्युयोर्कमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण, अवस्था गम्भिर

न्युयोर्क ,सोमबार  चैत ०९ गते ।
न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । अहिले एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदिनपछि फ्लोअपमा बोलाएको थियो । चारदिन पछि फ्लोअपमा बोलाएर एन्टीबायोटिक औषधी दिएको थियो तर एन्टीबायोटिक औषधी खाइसकेपछि झन् च्यापेपछि उनीहरु हिडेरै ज्याक्सनहाइटमा रहेको अर्जेन्ट केयर सीटीएमडीमा गएका थिए ।

त्यहाँ गएर चेक गर्दा अक्सिनको लेभल कम देखिएको र निमोनियाको संक्रमण भएको बताएको थियो । सीटीएमडीले अस्पताल जान रिफर गरेपछि उनीहरु हिडेरै एल्महस्र्ट अस्पताल गएका थिए ।

अघिल्लो शनिबार एल्महस्र्ट अस्पतालमा उपचारका लागि गएकोमा अस्पतालमा भर्ना गरेको थियो । उनकी श्रीमतिले भनिन् त्यसपछि हाम्रो फोनमा कुरा भइरहेको थियो । स्वासप्रश्वासमा अलिअलि समस्या भएको थियो तर सोमबार विहान फोन गर्दा फोन नै लागेन । त्यसपछि म आत्तिएँ । दिउसो सम्म कुर्दा पनि फोन नलागेपछि म आफै अस्पताल गएँ ।

अस्पतालमा जाँदा अर्को तलामा लगेको बताएको र भेट्न जान नदिएको उनले बताइन् । फोन गर्नका लागि नम्बर दिएपछि फोन गरेर भेट्न जाँदा भेन्टिलेटरमा राखिसकेको थियो ।

मंगलबार दिउसो फोन गर्दा अक्सीजन लेभल माथि आएको बताएको र बुधबार फोन गर्दा कम भएको बताएको उनले बताइन् । विहिबार कोरोना संक्रमणको पुष्टी भएपछि अस्पतालले नशाबाट दिने सेन्टरलाइन औषधी चलाउनका अनुमति मागेको र आफूहरुले परिवारमा सल्लाह गरेर उक्त औषधी चलाउन अनुमति दिएको श्रीमतिले बताइन् ।

शुक्रबार बेलुका र शनिबार बेलुका अवस्था स्थीर रहेको चिकित्सकले बताएका छन् । तर अहिले पनि भेन्टिलेटरमा नै राखेर उपचार गरिएको छ । उनले न्युयोर्कमा उबर चलाउँदै आएपनि कोरोनाको त्रासका कारण १५ दिन अगाडि देखि नै उबर चलाउन छाडेका थिए ।

४७ बर्षका ती नेपालमा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक श्रोतले बताएको छ । श्रीमतिलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । डाक्टरहरुले घरमै बस्न र आराम गर्न सुझाव दिएका छन् ।

उनलाई कसरी संक्रमण भयो भन्नेबारे केही खुलेको छैन ।

आजमात्रै न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका लागि पुगेका अर्का एकजना नेपालीमा पनि कोरोना संक्रमण पुष्टी भएको खुलासा भएको थियो । ५० बर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए ।

प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि पाँचदिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दुईदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको छ ।

न्युयोर्कको ज्याक्सनहाइट नजिकै बस्दै आएका ती व्यक्तिलाई अहिले परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको छैन । आफूहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र अहिले स्वासप्रस्वासमा समस्या आएकाले भेन्टिलेटरमा राखिएको जानकारी पाएको उनका छोराले खसोखासलाई जानकारी दिए ।

पहिलेदेखि मधुमेहको समस्या रहेको र अन्य स्वास्थ्य समस्या भने नभएको पारिवारिक श्रोतले जानकारी दिएको छ । कान्छाछोरा भने १८ बर्षभन्दा कम उमेरको भएका कारण कोरोनाको टेस्ट नगरेको परिवारका सदस्यले बताएका छन् ।

आफूलाई पनि ज्वरो आएको र खोकी लागेको उनका छोराले बताएका छन् । आफूमा पनि लक्षण देखिएपछि सपरिवार नै कोरोनाको चेकअपका लागि एल्हस्मर्ट अस्पतालमा गएको र मंगलबारसम्म रिपोर्ट आउने अपेक्षा गरेको उनले जानकारी दिए । परिवारका चारैजना सदस्यहरु अहिले घरमै बसिरहेका छन् । खसोखास

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार