चितवन,भरतपुरको ‘कोरोना विशेष अस्पताल’ मा उपचाररत एक युवकको मृत्यु

चितवन ,मंगलबार चैत ११ गते । चितवनको  भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एकजना युवकको मृत्यु भएको छ।

उनको उपचारका क्रममा मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही बोलेको छैन।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो। उनको शव अस्पतालमै राखिएको छ। उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विशेष अस्पतालमा पठाइएको थियो।

कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्युको कारण खुल्न सकेको छैन। उनको कोरोना संक्रमण या अन्य कारणले मृत्यु भएको पुष्टि हुन सकेको छैन।

उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो। तर कोरोना संक्रमण भएन-भएको रिपोर्ट आउन बाँकी छ ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको थियो। परीक्षणका लागि मंगलबार बिहान विमानबाट काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले जनाएको छ। थाहा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार