बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

लन्डन,शुक्रबार चैत १४ गते । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको पुष्टि गरिएको छ ।

प्रधानमन्त्री जोन्सनल् केही मिनेट अघि एक भिडियो ट्विट गर्दै आफूलाई कोरोनाको सामान्य लक्षण देखिएको, निरन्तर खोकी लागेको र शरीरको तापक्रम बढेको बताएका हुन् ।

उनले यस्तो लक्षण देखिएपछि उनका प्रमुख स्वास्थ्य सल्लाहकारको सुझाव अनुसार कोरोना जाँच गराउँदा पोजेटिभ देखिएको बताएका छन् ।

उनले अहिले आफू सेल्फ-आइसोलेसनमा रहेको र घरबाटै काम गरिरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार