लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा

म्याग्दी ,बुधबार चैत १९ गते । विश्वाव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषण गरेको लकडाउनलाई म्याग्दीमा कडाई गर्न थालिएको छ । ग्रामीण भेगमा लकडाउनलाई बेवास्ता गर्दै मासिनहरु जम्मा हुने, सवारी साधन चलाउने जस्ता गतिविधि बढेपछि प्रहरीको सक्रियता बढेको हो ।

file photo

मंगलवार प्रहरीले मंगला गाउँपालिका –३ झाँक्रेपानी–अर्मन सकडमा सवारी साधन चलाएर हिडेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ग१ ज ६८८३ नम्बरको जिपमा आफ्नो श्रीमतीलाई बोकेर हिडीरहेको अबस्थामा बिरबहादुर घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरि मंगलवार नै बेनपा–९ ढल्केढुंगामा मानिसहरु जम्मा भेला भएर रागोँकाटमार गरिरहेको अबस्थामा प्रहरीले ५ जनालाई नियन्त्रणमा ल्याएको छ । महामारी फैलिएको सन्दर्भमा गाउँलेहरुलाई भेला गरि राज्यले जारी गरेको लकडाउन र जिल्ला सुरक्षा समितिले जारी गरेको निषेधाज्ञालाई अवज्ञा गरेको भेटिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा ल्याएको हो ।

स्थानीय बिर बहादुर किसान, धन बहादुर किसान, बुद्दीविर किसान, सन्दिप मिजार र शेर वहादुर किसानलाई रागोँ काटमार गरीरहेको अबस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी जिल्ला प्रशासन कार्यालय म्याग्दीमा उपस्थित गराईएको जनाईएको छ । लकडाउनको अवज्ञा गर्नेहरुलाई जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत संक्रामक रोग ऐन २०२० बमोजिम कानुनी कार्वाही गरीएको छ । नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम गतचैत्र ११ गते देखी बिश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक वस्तु र सेवा मात्र संचालनको आदेश जारी गरिएको अवस्थामा,त्यस्ता वस्तु तथा सेवाहरूको कालोबजारी मदिरा जन्य पदार्थको ओसार पसार नियन्त्रण,अत्यावश्यक बाहेक हिडडुलमा प्रतिवन्ध लगाएतका कार्यमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ ।

यस्ता क्रियाकलापहरू निषेधाज्ञा बिरूद्धका कार्यहरू भएकोले नेपाल सरकारको निर्णय तथा आदेशको अपहेलना गर्ने व्यक्तीलाई संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसूरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही हुने ब्यबस्था छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दीको सक्रियतमा हाल सम्म ९ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत कानुनी कार्वाही गरिईएको छ । साथै हालको यस संबेदनशील अबस्थामा नेपाल सरकारले संक्रमण नियन्त्रणको लागी गरेको आदेशलाई सम्पुर्ण जनसमुदायहरुले पालना गरी यो अबधी भर घर भित्रै रहन र अत्याबश्यक कामको लागी बाहेक घर बाहिर ननिस्की सहयोग गरीदिनु हुन जिल्ला प्रहरी कार्यालय म्याग्दीले आम जनसमुदायमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार