बाढी पहिरोले पु¥याएको धनजनको क्षतिप्रति प्रदेश प्रमुख शेरचनद्वारा दुःख व्यक्त

पोखरा ,आइतबार असार २८ गते ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले केही दिनदेखि परेको अविरल वर्षाले गण्डकी प्रदेशसहित देशका विभिन्न भागमा पु¥याएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।शुक्रबार एक शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशका म्याग्दी, कास्की, लमजुङ, तनहुँलगायत देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको जनाउनुभएको छ । साथै, पहिरोमा परी बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्दार र पीडितलाई राहत दिलाउन सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

त्यसैगरी, ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले वर्षात्को समय रहेकोले सम्भावित जोखिमबाट बच्न उच्च सावधानी र आवश्यक सतर्कता अपनाउन समेत सम्बन्धित सबैलाई अपिल गर्नुभएको छ ।

यसैबीच, प्रदेश प्रमुख शेरचनले बाढी पहिरोले पु¥याएको ठूलो धनजनको क्षतिका सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग टेलिफोन कुराकानी समेत गर्नुभएको छ । कुराकानीका क्रममा प्रदेश प्रमुख शेरचनले उद्दार, उपचार, राहत तथा पुनस्र्थापनाका लागि प्रदेश सरकारले गरेका कामबारे मुख्यमन्त्री गुरुङसँग जानकारी समेत लिनुभएको प्रदेश प्रमुखका प्रेस संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो । laphakhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार