श्रीमती हत्या आरोपमा एक जना पक्राउ

काँकडभिट्टा । झापाको कमल गाउँपालिका– २ का ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रितामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सामान्य घरायसी विवादमा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारवाट गर्धनमा गम्भीर चोट लागेकी रीताको केही समयपछि घटनास्थलमै मृत्यु भएको थियो । हत्यामा संलग्न थापालाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको छ ।ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार