देशभर थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएका छन् । यो संगै हालसम्म देशभर निको हुनेको संख्या १ लाख ४४ हजार ९सय ७८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । सक्रिय संक्रमित ३६ हजार ९ सय ११ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार