म्याग्दीमा ४५ औं विपि मेलमिलाप दिवस

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय विपि मेलमिलाप दिवस मनाइएको छ । टुकमान जुग्जालीको सभापतित्व ,लोक कुमार पुनको कार्यक्रम संचालन,स्थानीय चुनावमा नेपाली काँग्रेस मालिका –७ बिमका वडा अध्यक्ष प्रत्यासी पलबिर जुग्जालीको प्रमुख अतिथी,मालिका गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष बिरेन्द्र किसान विशिष्ट अतिथि तथा भलराम जुग्जालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

वडा सदस्य प्रत्यासी छक प्रसाद जुग्जाली,मालिका गाउँपालिका– ७ का उपसभापति रक प्रसाद शेरपुन्जा,सल्लाहकार हर्कमान जुग्जाली लगाएतले बोलेका थिए ।साथै सुरेन्द्र जुग्जालीको अध्यक्षतामा ११ सदस्यीय तरुणदल मालिका गा पा ७ गठन भएको लोक कुमार पुनले जानकारी दिनुभयो ।

यसैगरी ,म्याग्दीका सबै वडामा विविध कार्यक्रम गरी ४५ औं विपि मेलमिला दिवस मनाइएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी)लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते लाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।वडा स्तरिय कार्यक्रममा जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।

सबै वडामा बिपिको तस्वीरमा माल्यार्पण गरिएको छ भने कांग्रेसको निति ,कार्यक्रम तथा स्थानीय स्तरमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उद्धेश्यले सबै वडामा कार्यक्रम संचालन गरिएको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले जानकारी दिनुभयो ।

उहाँले करिब बहुमत प्राप्त वर्तमान कम्युनिष्ट सरकारले देशमा राजनितिक स्थायीत्व नचाहेको समेत आरोप लगाउनुभयो । कोरोना संग लड्नुपर्ने समयमा सरकार विकृति ,भ्रष्टचार लगायत काण्डैकाण्ड डुबेको सभापति गर्बुजाले बताउनुभयो । जिल्लामा आएको विपद व्यवस्थापनमा प्रदेश र संघिय सरकारमा प्रतिनिधित्व गर्ने निवर्तमान सांसदहरुको भुमिका कमजोर देखिएको बताउनुभयो । निर्वाचनमा जनमत पाएको सरकारले जनतालाई धोका दिएर देशलाई नै अस्थितरता तर्फ धकेल्ने काम गरेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार