वडा अध्यक्ष तिलिजाको निधन

बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । वडा अध्यक्ष तिलिजाको शुक्रबार ७० बर्षको उमेरमा निधन भएको हो ।
कास्कीको पोखरा महानगगरपालिका –११ फुलबारी स्थित आफ्नै निवासमा शुक्रबार दिउसो ३ :४५ को समयमा निधन भएको आफन्त तथा शिख्तानी पुन समाज पोखराका अध्यक्ष क्याप्टेन
बलबहादुर तिलिजाले जानकारी दिनुभयो ।उहाँका अनुसार शनिबार पोखरामा अन्त्येष्टि गरिने भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि वडा अध्यक्ष तिलिजालाई केही महिना अघि उपचारका लागि हेलि मार्फत पोखरा लगिएको थियो ।करिब ६ महिनादेखी प्यारालाइसिस रोगबाट पीडित तिलिजाले पोखरा स्थित मणिपाल अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । वडा अध्यक्ष तिलिजाका धर्म पत्नी, दुई छोरी र दुई छोरा छन् । गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले वडा अध्यक्ष तिलिजाको निधनप्रति दुख व्यक्त गर्नुभयो । तिलिजा नेपाली कांग्रेसबाट उम्मेद्धार भई विजय हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार