म्याग्दीमा बाढी -पहिरोको बितण्डा ः एक घर विस्थापित, २२ घर उच्च जोखिममा

बेनी । म्याग्दीमा अविरल रुपमा परेको भारी बर्षाका कारण आएको बाढी ,पहिरो र नदी कटानका कारण ठुलो क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मंगलबार मात्र दुई घर विस्थापित भएका छन् भने पहिरोको उच्च जोखिममा रहेका २२ घरका ८७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यसैगरी बेनी नगरपालिका वडा नम्ब ९ गलेश्वरमा रहेको टेकबहादुर लोहारको घर कालिगण्डकी नदीको कटानका कारण पुर्ण रुपमा क्षती भएको र विस्थापित २ जनाको परिवारलाई छिमेकी भिमनाथ पराजुलीको खालि घरमा सारिएको छ । त्यस्तै पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ बगरफाँटमा ९ ,नगरपालिका नम्बर ९ सल्लेरीमा ४ र अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ मा ९ घर गरी २२ घर जोखिममा रहेका छन् । जोखिममा रहेका २२ घरका ८७ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अन्नपुर्ण गाउँपालिका १ दोबाका ५२ बर्षिया नरदेबी राम्जाली र उहाँकी छोरी २० बर्षिया सोना राम्जाली बाटोमा हिड्ने क्रममा ढुङ्गा लागेर घाइते भएको स्थानीय मेडिकल मार्फ बेनी रिफर गरिएको छ । यसैगरी बर्षाका कारण म्याग्दीका मुख्य सडक अबरुद्ध छन् । बर्षाका कारण खसेको पहिरोले बेनी–जोमसोम ,बेनी–दरबाङ,बेनी–रत्नेचौर र बेनी–मालढुङ्गा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निरन्तर पहिरो खसेका कारण अबरुद्ध सडक खुलाउन कठिनाई भएको छ ।

 

बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ३ रुप्से ,सोही गाउँपालिका वडा नम्बर २ नैनीबगर र नागढुङ्गा खण्डमा माथिबाट खसेको पहिरोले सडक अबरुद्ध भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । त्यस्तै बेनी–दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भिरमा खानीखोलामा आएको बाढीले सडक अबरुद्ध भएको हो ।

https://myagdinews.com/2021/06/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%85%e0%a4%ac%e0%a4%b0/

बेनी –रत्नेचौर र बेनी– मालढुङ्गा सडक खण्डको बिभिन्न स्थानमा समेत बाढी पहिरोको कारण सडक अबरुद्ध भएको प्रनाउ राईले बताउनुभयो ।त्यस्तै पहिरोको कारण दरबाङ–धारापानी–ताकम –मुना सडक पनि अबरुद्ध भएको छ । अबरुद्ध सडक पुर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।यसैगरी बर्षाका कारण म्याग्दीका मुख्य नदीमा पानीको सहत बढेको छ ।म्याग्दी नदी र कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि टतिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

https://myagdinews.com/2021/06/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%b0-%e0%a4%95%e0%a4%be/

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार