काठमाडौं । सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप तत्काल लगाउन माग गरेका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई कोरोना खोप दिन माग गरेका हुन्।
‘देशभरका सबै परीक्षा केन्द्र र तोकिएका स्थानमा सबै विद्यार्थीलाई प्रवेश पत्रका देखाएर खोप लगाउने व्यवस्था गर्न माग गर्दछौं,’ राज्यमन्त्री श्रेष्ठलाई विद्यार्थी संगठनले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । विद्यार्थी संगठनहरूले खोप लगाएपछि मात्रै परीक्षा लिन आग्रह गरे पनि त्रिविलगायतमा परीक्षा जारी नै छ।
नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार कोरोना संक्रमण दिनानुदिन वृद्धि भइरहेकोले खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्न स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको हो। ‘खोप लगाउन बारम्बार माग गरेपनि सरकारले सुनेको छैन। विद्यार्थीलाई कोरोना खोप लगाएर मात्रै परीक्षाको व्यवस्था गर्न पुनस् माग गर्दछौं,’ उहाँले भन्नुभयो।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोना खोप लगाउनु भएको बताउनुभयो। विद्यार्थीलाई खोप लगाउने सम्बन्धमा मन्त्रालयमा कुराकानी गरेर दुई दिनपछि खबर गर्ने उहाँले बताउनुभयो। असोजभित्र खोप लगाइसकिने उहाँको दाबी थियो। सेतोपाटीबाट