काठमाडौंमा असोज १० गतेदेखि विद्यालय खोल्न पाइने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो। बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो।

‘आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ,’उहाँले भन्नुभयो,’त्यसको लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।’त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो। विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधी, व्यवस्थापन समिति लगायत सरोकारवालाहरूसँग छलफल गरेरमात्रै खोल्नुपर्ने उहाँले बताउनुभयो। यद्यपी विद्यार्थीहरू नपठाउने भनेमा अनिवार्य नगरिने उहाँले बताउनुभयो।

‘हामी पठाउँछौं भनेर सबैको समझदारी भएमा मात्रै विद्यालय खोल्न पाइने भनेका छौं। यदि कसैले हामी विद्यार्थी पठाउँदैनौं भन्यो भने खोल्न पाइन्न,’ उहाँले भन्नुभयो। साथै सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्ने लगायतका २७ वटा मापदण्ड तयार गरेको छ। दसैं नजिकिएको हुँदा विद्यालय केही समय खुलेर फेरि बन्द हुनेछ।

केही समयको लागि मात्रै किन खोलेको भन्ने प्रश्नमा अहिले नखोले दुई महिनासम्मको समय खेर जान सक्नेतर्क प्रमुख सुवेदीले राख्नुभयो। ‘अहिले दसैं अगाडि खोलेनौं भने पूर्णिमापछि तिहार छ भनेर विद्यार्थीहरू यत्तिकै नआउने भए। यत्तिकै बिदा हुने भयो,’ उहाँले भन्नुभयो,’फेरि छठको कुरा आउला त्यसरी कात्तिक महिनासम्मै बिदा लम्बिने भयो। अहिले विद्यालयहरू खोलेमा ओरियन्टेसन लिने, परीक्षा गर्ने यताउती काम गर्न सक्ने भयो।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार