मेडिकल कलेजको अतिरिक्त शुल्कबारे गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । सत्तारुढलगायत ७ विद्यार्थी संगठनले मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको विषयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंको केएमसी, विराटनगरको नोबेल र पोखराको मेडिकल कलेजले एमबीबीस, बीडीएस अध्ययन विद्यार्थीसँग अतिरिक्त शुल्क मागेमा विद्यार्थी संगठनले कारबाहीको माग गरेका हुन् । नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले पीडित विद्यार्थीमाथि आक्रमण र धम्की दिने गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले प्रक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य निकट), अखिल छैटौंले संयुक्त रूपमा गृहमन्त्रीलाई बुझाई ध्यानाकर्षण पत्र बुझाएको नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिनुभयो । ‘विद्यार्थीबाट गैरकानुनी र गुण्डागर्दी शैलीमा चिकित्सिा शिक्षा आयोगले प्रथम वर्षको शुल्क १४ लाख ८५ हजार रुपैयाँ तोकेकोमा थप साढे ४ लाख शुल्क नबुझाए पढ्नै नदिने भन्दै अभिभावकलाई धम्की दिने लगायत कार्य भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

मेडिकल कलेजहरुले अनिवार्य होस्टल बस्नुपर्ने व्यवस्थासमेत गरेका छन् । धम्की र गैरकानुनी शुल्क लिने कलेजलाई कानुनी दायरामा ल्याउनु पर्ने विद्यार्थी संगठनको माग छ । विद्यार्थी संगठनले नोबेल मेडिकल कलेजमा विद्यार्थीमाथि भएको आक्रमणको छानबिन गरी कारबाही गर्न समेत गृहमन्त्री खाँणसँग आग्रह गरेका छन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार