प्रयास परियोजनाद्वारा २ अशक्त महिलालाई आर्थिक सहयोग (तस्बिरहरु)

समिर रोका मगर
म्याग्दी । प्रयास परियोजनाले म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जम र वडा नं २ ज्यामरुककोटका २ जना अति विपन्न अशक्त महिलालाई आर्थिक सहयोग गरेको छ । युएनडीपी प्रयास परियोजनाको आर्थिक सहयोगमा बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा आइतबार बेनपा –१, की सोविता परियार र बेनपा २ की पार्वती बिश्वकर्मालाई घरमै पुगेर जनही नगद रु १३ हजार २ सयका दरले सहयोग प्रदान गरिएको हो ।

बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवालले रकम प्रदान गर्दै अशक्त र अति विपन्न महिलालाई आय आर्जनमा सघाउ पुराउने उदेश्यले गरिएको सहयोगको प्रशंसा गर्दै नगरपालिकाले पनि महिला शसक्तिकरण अन्तर्गत आवश्यक सहयोगका कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।

प्रयास परियोजनाले बेनी नगरपालिकाभित्रका १०० जना शारीरिक रुपमा अशक्त अति बिपन्न महिलालाई आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रम अनुसार सो रकम प्रदान गरिएको परियोजनाका कार्यक्रम संयोजक श्रीमन चोखालले बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिरा बहादुर थापा, राष्ट्रिय बाणिज्य बैँक लिं का प्रवन्धक नवराज पौडेल, संगम म्याग्दीका प्रतिनिधि दिपक पौडेल, प्रयास परियोजनाका सहजकर्ता बुद्धिमाया बिश्वकर्मा, संगम म्याग्दीका कार्य समिति सदस्य वविता पुन, संगम म्याग्दीका शिक्षा बिकास अधिकृत चन्द्र बहादुर बुढा मगर तथा संचारकर्मीहरुको उपस्थिति रहको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार