दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

काठमाडौँ । दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ। मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ।

वैज्ञानिक आधारमा मूल्य बढाउने निर्णय गरिएको कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाले बताउनुभयो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ। बुधबार मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार