माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने

म्याग्दी । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ ।
लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । वडा अध्यक्षको उमेद्वार सिफारिस हुनुभएका विक माओवादीको वडा कमिटीको पनि अध्यक्ष हुनुहुन्छ ।

वडाका अन्य भूगोललाई समेटेर अन्य चार सदस्य पदका उमेद्वार पनि छनौट गरिने माओवादीले जनाएको छ । यसैगरी लुलाङमा बुधबार माओवादी केन्द्रले अगुवा कार्यकर्ता प्रशिक्षण गरेको छ ।

माओवादीका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, नेताहरु खुमनाथ सुवेदी, रेशम पुन, रिमप्रकाश थापा, किरन थापा लगायतले प्रशिक्षण दिनुभएको थियो । उहाँहरुले माओवादी आन्दोलनका कारण आएको परिवर्तनलाई संस्थागत गर्दै विभेदमुक्त समाज बनाउन माओवादीकै नेतृत्व आवश्यक पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार