धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता पुनलाई उम्मेद्धार बनाउने

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले युवा नेता प्रेमबहादुर पुनलाई उम्मेद्धार बनाउने भएको छ । विहिबार बेनी स्थित पार्टी कार्यालयमा बसेको कांग्रेसको बैठकले गाउँपालिका सभापति समेत रहनुभएका पुनलाई गाउँपालिका अध्यक्षमा उम्मेद्धार बनाउने निर्णय गरेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । सामाजिक काम समेत सक्रिय युवा नेता पुनले गाउँपालिकाको विकास र परिवर्तनको लागि आफुले उम्मेद्धारी दिएको बताउनुभयो । अध्यक्षका उम्मेद्धार पुनले सबैलाई सहयोग गर्न अपिल गर्नुभएको छ ।

जिल्ला सचिव पुनका अनुसार ,बैठकले रघुगंगामा भवबहादुर भण्डारी ,अन्नपुर्णमा अध्यक्षमा क्याप्टेन बलबहादुर तिलिजा ,उपाध्यक्षमा ललिता तिलिजा लाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । भने मंगला गाउँपालिका वडा नम्बर २ को सभापतिमा श्रीराम पौडेल ,वडा बेनी नगरपालिका वडा नम्बर ७मा रमेश श्रेष्ठ र बेनपा–५, मा यामबहादुर बानियाँलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ। त्यसैगरी कांग्रेसले यसअघि मालिका गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष युवा नेता श्रीप्रसाद रोका मगर ,मंगला गाउँपालिका अध्यक्षमा विरेन्द्र बुढाथोकी र बेनी नगरपालिकाको मेयरमा नेता चिरञ्जीवीशर्मालाई उम्मेद्धार बनाउने घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार