धवलागिरी गाउँपालिकामा सत्ता गठबन्धनको वडा तहसम्मै सिट बाँडफाँड

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै गठबन्धन गरी बाडफाँडमा शुक्रबार सहमति जुटेको छ । गाउँपालिकामा ७ वटै वडातहसम्म तालमेल गर्ने गरी सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबिच स्थानीय तहको प्रमुख र उपप्रमुख, वडा अध्यक्षको सिट बाँडफाँड गरी भागबन्डा टुंगो लगाएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो ।

दुई राजनीतिक दलबीच भएको लिखित सहमतिअनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रेम पुनलाई उठाउने निर्णय गरेको छ । भने माओवादी केन्द्रले शनिबार सम्म उपाध्यक्ष पदका लागि उम्मेद्धार टुंगो लगाउने माओवादी केन्द्र धवलागिरी गाउँपालिका कमिटि सचिव रेशम पुनले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नं १ गूर्जा, वडा नं ६ मराङ र वडा नं ७ ताकमको वडा अध्यक्ष माओवादी केन्द्रले केन्द्रले पाएको छ । भने नेपाली कांग्रेसले वडा नं २ लुलाङ, वडा नं ३ मुना, वडा नं ४ मुदी र वडा नं ५ मल्कवाङ लिने सहमति भएको गठबन्धनका जिल्ला संयन्त्रले जनाएको छ ।

वडाभित्रका सदस्य र कार्यपालिका सदस्यसम्मको टुंगो शनिबार लगाइने भएको छ ।सोही पालिकामा एकिकृत समाजवादीलाई समेत समावेश गर्ने गरी थप छलफल भइरहेको छ ।म्याग्दीका अन्य स्थानीय तहमा तालमेलको प्रयास भएपनि सहमति नजुट्दा समस्या भइरहेको अवस्थामा धवलागिरीबाट सहमति जुटेकाले थप छलफलका लागि सहज भएको गठबन्धनमा आवद्ध दलको भनाई छ ।

जिल्लाको मालिका गाउँपालिका सहित अन्य पालिकामा मित्रवत् प्रतिस्पर्धाको सम्भावना रहेको छ । मिलेन र मित्रवत् प्रतिस्पर्धा हुने भएमा एउटै मञ्चबाट मत माग्नेसम्मको वातावरण बनाउन समेत दल सकारात्मक छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार